Section 35
बन्द इजलासको व्यवस्था
(१) कसूरजन्य कार्यको आरोप लागेको बालबालिका उपरको मुद्दाको सुनुवाइ तथा कारबाही बाल अदालतले अन्यथा आदेश दिएकोमा बाहेक बन्द इजलासमा गरिनेछ।
(२) उपदफा (१) बमोजिम बन्द इजलासमा मुद्दाको सुनुवाइ तथा कारबाही हुँदा सम्बन्धित बालबालिका, निजका परिवारका सदस्य वा संरक्षक, पीडित, सरकारी वकील, सम्बन्धित कानून व्यवसायी र बाल अदालतले अनुमति दिएका व्यक्ति मात्र प्रवेश गर्न सक्नेछन्।
(३) बन्द इजलासको कार्यविधि तोकिए बमोजिम हुनेछ।